कांग्रेस पदाधिकारी बैठक स्थगित

बिहिबार, ३१ असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बिहीबारका लागि बोलाइएको कांग्रेसको पदाधिकारी बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

देउवाले १४औँ महाधिवेशनको तयारीसँगै मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र सरकार सञ्चालनबारे छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए । 

त्यसबारे आवश्यक तयारी नपुगेको कारण बिहीबारको बैठक शुक्रबारका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

सुझावित समाचार