देशभर पछिल्लो २४ घन्टामा दुई हजार नौ सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार गरेको प्रेस ब्रिफिङमा पिसिआर परीक्षणमा दुई हजार १० र एन्टिजेन परीक्षणमा आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार यो अवधिमा आठ हजार एक सय आठजनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार एक हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको पौडेलले बताए ।