नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

फाइल तस्बिर/नयाँ पत्रिका

भरतपुर महानगरपालिका– २९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५:३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दु:ख दिइरहेको छ । पानी परेलगत्तै पहिरो खस्ने समस्या छ ।     
     
 

सुझावित समाचार