देशभर १८७५ जना कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर एक हजार आठ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा एक हजार दुई सय १८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ५७ जनामा संक्रमण देखिएको छ । 

पछिल्लोपटक पिसिआर विधिबाट पाँच हजार तीन सय ७४ र एन्टिजेन विधिबाट पाँच हजार एक सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

२४ घन्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार तीन सय २० पुगेको मन्त्रालयले जनाएको छ । 

बिहीबार एक हजार दुई सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 

सुझावित समाचार