नेपालमा थप दुई हजार नाै सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबाट आयोजित प्रेस ब्रिफिङमा पिसिआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ७७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नाै सय दुईजनामा संक्रमण देखिएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा मात्र पाँच सय ४३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय ९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका छन् ।
हाल शून्य संक्रमित भएको जिल्ला कुनै पनि नरहेको पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पछिल्लोपटक सात हजार आठ सय ३५ जनाको पिसिआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण भएको छ ।
यो अवधिमा एक हजार तीन सय ३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ ।
हालसम्म ६ लाख ९० हजार नाै सय ७४ जना संक्रमति भएका छन् । जसमध्ये ६ लाख १४ हजार तीन सय २७ संक्रमणमुक्त भएका छन् भने नौ हजार दुई सय ९१ जनाको मृत्यु भएको छ ।