नेपालमा थप २,६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लोपटक १२ हजार पाँच सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो अवधिमा एक हजार पाँच सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १२ हजार नौ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार दुई सय ६३ पुगेको छ । 
 
 

सुझावित समाचार