नेपालमा थप २७ जना कोरोना संक्रमितको मृत्यु, १६०३ संक्रमित थपिए

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार आयोजित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन् । 

पछिल्लो २४ घन्टामा एक हजार ६ सय तीनजना संक्रमित थपिएको पौडेलले जानकारी दिए । जसमध्ये काठमाडौं उपत्यकाका चार सय ६१ जना रहेका छन् ।

यो अवधिमा दुई हजार पाँच सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
 

सुझावित समाचार