सिन्धुली–काठमाडौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण

कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले सिन्धुलीका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ । समितिका सभापति विदुर वाइबाको समन्वय तथा समाजसेवीहरू अन्तर्राष्ट्रिय मानवता समूह काठमाडौंका सयोजक बाबा जोन, भक्तपुर सयोजक युवराज गुरुङ, सिन्धुली सयोजक बलराम कार्की र युवा नेताहरू राजेन्द्र कार्की, राम कार्की, कृष्ण केसी, विनोद बराल, कमल अधिकारी, सुवास कार्की, राजकुमार सुनुवार, आशिष भट्टराई, अर्जुन पोखरेल, सुशील बराल, शेखर सुवेदी, सुमन काफ्ले, पदम तामाङ, डा.मनीष कार्की राजेश भट्टराई, प्रदीप घिमिरे, वीरबहादुर सुनुवारलगायतको सक्रियतामा बोधी सत्य बिहार बूढानीलकण्ठका शान्त शर्माको सहयोगमा सामग्री वितरण गरिएको समितिले जनाएको छ । 

दुधौली नगरपालिकाको कोभिड आइसोलेसन केन्द्र सिर्थौलीमा विभिन्न चरणमा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण भइसकेको समितिले जनाएको छ । दुधौली नगरपालिकाको–१४ वडामध्ये १२ वडाका लागि स्वास्थ्य सामाग्री पु¥याइसकिएकोमा अब तीनवटा वडाको मात्र हस्तान्तरण गर्न बाँकी रहेको छ । ती वडामा पनि स्वास्थ्य सामग्री हस्तान्तरणको काम भइरहेको समितिले जनाएको छ ।

कांग्रेस सिन्धुलीका सभापति उज्वलप्रसाद बरालको आतिथ्यतामा मरिण गाउँपालिकामा समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सुझावित समाचार