गोरखामा खोलाले बगाउँदा एकजना युवाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका वडा नम्बर १ श्यामचेतका २६ वर्षीय किरण लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
शनिबार बिहान आरुघाट ३ सोतीस्थित ठाडोखोला तर्ने क्रममा बगेका लामालाई करिब २० मिटर तल बेहोस अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनलाई थप उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा लगिएको थियो । तर, स्वास्थ्यकर्मी करिब ११ बजे मृत घोषणा गरेका हुन् ।