नेपालमा थप ३३ जना कोरोना संक्रमितको मृत्यु, २७६० संक्रमित थपिए

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार एक सय ४५ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार सात सय ६० जना संक्रमित थपिएका छन् । पछिल्लोपटक १० हजार नौ ८५ जनाको कोरोना परीक्षण गरिएको थियो । 

यो अवधिमा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म ६ लाख एक सय ४९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको दर ९३.७ प्रतिशत रहेको छ । 
 

सुझावित समाचार