स्कोडाको एसयुभी कुसाकको नेपालमा बुकिङ सुरु

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

स्कोडाको एसयुभी कुसाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टप्र्राइजेजले यसको बुकिङ खुला गरेको छ । कम्पनीले साउनमा नेपालमा सार्वजनिक गर्दै डेलिभरी दिने उद्देश्यसहित बुकिङ खुला गरेको हो । स्कोडा कुसाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी भएको जनाइएको छ । यसका कारण नेपालमा यसको मूल्य प्रतिस्पर्धात्मक हुने कम्पनीले जनाएको छ । 

विशेषता
कुसाक स्कोडाको इन्डिया २.० प्रोजेक्टअन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी रहेको कम्पनीले जनाएको छ । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुसाक ल्याइने कम्पनीले जनाएको छ । टिएसआई इन्जिन इन्टरनेसनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन रहेको कम्पनीको दाबी छ । यसले ११५ बिएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्ने भएकाले बेस्ट इन क्लास रहेको कम्पनीको दाबी छ । टिएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुने जनाइएको छ । 

यो एसयुभी कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ । यसको आकार ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको कम्पनीले जनाएको छ । साथै, यसको ह्विलबेस सेग्मेन्टमै बढी अर्थात् २६५१ एमएम रहेको कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको जनाइएको छ । 

सुरक्षाका लागि कुसाकमा ६ वटा एअरब्याग, रेयर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम रहेको जनाइएको छ । यसमा सेग्मेन्टमै पहिलो इएससी सबै भेरियन्टमा हुने कम्पनीले जनाएको छ । त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहने कम्पनीको भनाइ छ । यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहने कम्पनीले जनाएको छ । 

यो एसयुभीमा टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्डहोल्ड कन्ट्रोल, किलेस इन्ट्री स्टार्ट एन्ड एक्जिट सिस्टमजस्ता फिचर रहेको कम्पनीले जनाएको छ । 

एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध रहेको जनाइएको छ । कुसाकको मूल्य भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएकाले नेपालमा यसको मूल्य ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार