नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु, २६३६ संक्रमित थपिए

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार ७१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ३६ संक्रमित थपिएका छन् भने चार हजार तीन सय ४८ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्लोपटक ११ हजार सात सय ४८ जनाको कोरोना परीक्षण गरिएको थियो । 

देशभर हालसम्म पाँच लाख ९२ हजार पाँच सय ३५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९३ प्रतिशत पुगेको छ ।

सुझावित समाचार