कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच चाक्सीबारीमा भएको लन्च मिटिङले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय गरेको छ ।
आसन्न महाधिवेशनमा पौडेल र सिटौला दुवै सभापतिको आकांक्षी भएकाले समय मिलाएर दुवैजनासँग छलफल गर्ने निर्णय भएको छ ।
आउँदाे शुक्रबार टोखास्थित कोइरालानिवासमा आसन्न महाधिवेशनबाट नेतृत्व चयन गर्ने सन्दर्भमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय पनि भएको नेता सिंहले बताए ।
याे पनि
शशांक र निधि प्रकाशमानको निवास चाक्साबारीमा