नेपालमा थप ४२ जना कोरोना संक्रमितको मृत्यु, २४४४ संक्रमित थपिए

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार चार सय ४४ जना संक्रमित थपिएका छन् । सोमबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६ सय ४८ पिसिआर परीक्षणमा एक हजार पाँच सय नौजनामा र चार हजार नौ सय ९२ एन्टिजेन परीक्षणमा नौ सय ३५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार आठ सय  ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेको छ ।
 

सुझावित समाचार