उपत्यकामा मंगलबारदेखि ठूला बस चल्न पाउने

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

थप व्यवसाय सञ्चालन गर्न दिने गरी उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले २१ असारसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । 

निषेधाज्ञालाई थप भने खुकुलो बनाइएको छ । जिल्ला प्रशासनको आदेशअनुसार मंगलबारदेखि २५ सिट भन्दा बढी क्षमताका बस सञ्चालन हुन पाउनेछन् । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी ठूला बस सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी  काली प्रसाद पराजुलीले बताए । 

खाद्य तथा तरकारी पसल, स्टेशनरी, साँझ ६ बजेसम्म खुल्न पाउने भएका छन् । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइएको थियो । 

अन्य पसलहरुको हकमा बारको सिष्टम हटाइएको छ ।   पसलहरु ११ देखि ६ बजेसम्म दैनिक खुल्न पाउने भएका छन् । रेष्टुरेन्ट र होटलको हकमा टेकअवे सुविधा मात्र दिइएको छ । सबै प्रकारका उद्योग तथा कलकारखना खोल्न दिने निर्णय भएको छ । निजी सवारी साधन तथा ट्याक्सीमा जोर–बिजोर प्रणाली कायमै राखिएको छ ।

See More On

सुझावित समाचार