नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु, १९२० संक्रमित थपिए

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार आयोजना गरेको प्रेस ब्रिफिङमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार नौ पुगेको बताए । 

उनका अनुसार पछिल्लोपटक ६ हजारजनामा गरिएको पिसिआर परीक्षणमा एक हजार तीन सय ५३ र तीन हजार आठ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच सय ६७ जना गरी एक हजार नौ सय २० जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये काठमाडौं उपत्यकमा चार सय २४ जना रहेका छन् । 

नेपालमा हालसम्म ६ लाख ६५ हजार सात सय ७७ जनामा कोरोना संक्रमण भएकामा पाँच लाख ८४ हजार तीन सय ३४ जना संक्रमणमुक्त भएका छन् ।
 

सुझावित समाचार