कामचलाउ सरकारका मन्त्रीलाई मन्त्रालयको भारी

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

सर्वोच्चले कामचलाउ सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने भन्दै एकैपटक २० मन्त्री पदमुक्त गरेपछि प्रधानमन्त्रीले चार मन्त्रीलाई धेरैभन्दा धेरै मन्त्रालयको जिम्मा लगाएका छन् । हाल प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् छ । 

प्रधानमन्त्री केपी ओलीसँग दुई मन्त्रालय, विष्णु पौडेलसँग अर्थ र गृहसहित चार, कृष्णगोपाल श्रेष्ठ शिक्षा र स्वास्थ्यसहित पाँच, वसन्तकुमार नेम्वाङसँग भौतिक पूर्वाधार र सञ्चारसहित पाँच र लीलानाथ श्रेष्ठसँग कानुनसहित पाँच मन्त्रालयको जिम्मेवारी छ ।

८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, ८ असारमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिँदै ती मन्त्रीलाई पदमुक्त गरेको थियो ।

See More On

सुझावित समाचार