नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु, २४२१ संक्रमित थपिए

बुधबार, ९ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितका संख्या आठ हजार आठ सय ९४ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार चार सय २१ जना संक्रमित थपिएका छन् । पछिल्लोपटक १२ हजार चार सय १४ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा तीन हजार पाँच सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ६८ हजार चार सय ४० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।
 

सुझावित समाचार