कर फर्स्याेट आयोगका पदाधिकारीलाई एक अर्ब ३३ करोडको भ्रष्टाचार मुद्दा

बुधबार, ९ असार, २०७८
डिजिटल संस्करण

कर फर्स्याेटका नाममा भ्रष्टाचार गरेको अभियोगमा  कर फर्स्याेट आयोग, २०७१ का पदाधिकारीहरूविरुद्ध दोस्रोपटक भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ करोड २० हजार तीन सय ८५ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । चार वर्षअघि १० अर्ब ९६ करोड बिगो कायम गरी उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि पनि उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरिसकेकोमा त्यसको फैसला भएको छैन । आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी बक्यौता कर छुट दिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएका आयोगका सदस्य शर्मा त्यतिवेला आन्तरिक राजस्व विभागका महानिर्देशकका रुपमा कार्यरत थिए ।

सुझावित समाचार