सोलुखुम्बुका १७ घर पहिरोको उच्च जोखिममा

सोमबार, ७ असार, २०७८
डिजिटल संस्करण

सोलुखुम्बुका १७ घर पहिरोको जोखिममा छन् । बर्खायाम सुरु भएसँगै जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ९ लोखिम फलाटेस्थित १७ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष भूपालसिंह राईले बताए । 

सडकबाट आउने भलका कारण माथिबाट पहिरोसमेत खस्न थालेपछि १७ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
वडाध्यक्ष राईको टोलीले उच्च जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेकाे छ । पालिका र सम्बन्धित निकायलाई जोखिमबारेमा जानकारी गराएको उनले बताए ।
 

See More On

सुझावित समाचार