नेपालमा थप ५१ जना कोरोना संक्रमितको मृत्यु, २४४२ संक्रमित थपिए

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार ५१ जनाको मृत्यु भएको बताएका हुन् । 

पछिल्लो २४ घन्टामा दुई हजार चार सय ४२ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार चार सय २१ र चार हजार दुई सय ४९ एन्टिजेन परीक्षणमा एक हजार २१ जनामा संक्रमण पुष्टि भएको हो । 

पौडेलले संक्रमणदर २१.३ प्रतिशत रहेको बताए । पछिल्लो २४ घन्टामा तीन हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
 

सुझावित समाचार