माधव नेपालद्वारा सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । युवा संघको व्यवस्थापनमा संकलित राहत सामग्री नेपालले काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । 

राहत वितरणका लागि संघका सचिव लक्ष्मण घिमिरेको नेतृत्वमा स्थायी कमिटी गणेश रिजाल, राम यादव, अनिल भण्डारी, रामकुमार भट्टराई, हरि साहलगायतका नेता तथा कार्यकर्ता सिन्धुपाल्चोक प्रस्थान गरेको प्रवक्ता सञ्जीव राईले जानकारी दिए । 

उनका अनुसार चामल दुई सय पाँच बोरा, चिउरा २० बोरा, चाउचाउ ४० कार्टुन, दालमोट ७० केजी, बिस्कुट पाँच कार्टुन, तेल १५ कार्टुन, मास्क दुई हजार पिस वितरण गरिने राईले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटीको नीतिअनुसार संघको बारा र पर्सा शाखाले यी सामग्री संकलन गरेर वितरण गर्न लागिएको हो ।
 

सुझावित समाचार