राज्यका सबै साधन र स्रोतको पूर्ण परिचालन गरी विपत् व्यवस्थापनमा लाग्न विपक्षी गठबन्धनको आग्रह (संयुक्त वक्तव्यसहित)

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

विपक्षी गठबन्धनले राज्यका सबै साधन र स्रोतको पूर्ण परिचालन गरी विपत् व्यवस्थापनमा लाग्न आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचारलगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

सुझावित समाचार