उद्धार र राहतमा खटिन नेता–कार्यकर्तालाई नेपाल समूहको निर्देशन

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बाढीपहिरोबाट पीडितहरूको उद्धार र राहतमा खटिन नेता–कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।

आज बसेको स्थायी समिति सदस्यहरूको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको सचिव भीम आचार्यले जानकारी दिए । बैठकले केन्द्रीय सदस्य डा. गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार र राहतका लागि परिचालन समिति पनि बनाएको छ । त्यस्तै, बैठकले वरिष्ठ नेता झलनाथ खनालको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

सुझावित समाचार