नेपालमा थप ५२ कोरोना संक्रमितको मृत्यु, २८२८ संक्रमित थपिए

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार आयोजित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार आठ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा आठ हजार ६ सय ८६ जनाको पिसिआर र चार हजार तीन सय ३५ जनाको एन्टिजेन परीक्षण भएको छ । 

पछिल्लो २४ घन्टामा तीन हजार ८२ जना संक्रमणमुक्त भएको डा. पौडेलले जानकारी दिए । ४३ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ । 

पहिलो र दोस्रो लहर गरेर ६ लाख ३७ हजार चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच लाख ४३ हजार पाँच सय २१ जना डिस्चार्ज भएको डा.पौडेलले जानकारी दिए । 

सुझावित समाचार