बाढीले विध्वंस गरेपछि सभामुख गृहजिल्ला जाँदै

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र जाने भएका छन्। बाढी पहिरोले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा क्षति गरेको भन्दै उनी आज १० बजे  त्यसतर्फ जान लागेका हुन्।

सभामुख सापकोटाले आज बिहान  सामाजिक सञ्जालमा लेखेका छन्, 'सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपुरणीय मानविय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु ।'

गत सोमबार  सभामुख सापकोटा कोभिड-१९ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सिन्धुपाल्चोक पुगेका थिए । उनले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरेका थिए।

सुझावित समाचार