नेपालमा घट्दो क्रममा कोरोना संक्रमण र मृत्युदर, थप ४१ को मृत्यु, २७४५ संक्रमित

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको छ । मंगलबार थप ४१ संक्रमितको मृत्यु भएको छ भने दुई हजार सात सय ४५ नयाँ संक्रमित थपिएका छन् । 

सोमबार ५३ जना संक्रमितको मृत्यु भएको थियो भने दुई हजार नौ सय १८ संक्रमित थपिएका थिए । 

मंगलबार चार हजार एक सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

हालसम्म पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । निको हुने दर ८८.३ प्रतिशत पुगेको छ । 

हालसम्म देशभर आठ हजार पाँच सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

सुझावित समाचार