प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मंगलबार प्रदेश सभामा आर्थिक वर्ष ०७८/७९ का लागि बजेट प्रस्तुत गरेका हुन् ।
चालूतर्फ १५ अर्ब ६३ करोड ४७ लाख र पुँजीगततर्फ १८ अर्ब करोड ५ करोड ८० लाख ८३ हजार छुट्याइएको यादवले बताए । वित्तीय व्यवस्थापनतर्फ १० करोड छुट्याइएको छ ।
यसअघि चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ५६ करोड नौ लाखको बजेट ल्याएको थियो ।
बजेटमा संघीय सरकारबाट सामान्यीकरणसहितका अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँडको नौ अर्ब ५८ लाख, चालू आर्थिक वर्षमा खर्च हुन नसक्ने ६ अर्ब २५ करोड र अपुग रकम आन्तरिक ऋण परिचालन गर्ने गरी ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको यादवले बताए ।