लगातारको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । डोटीको अवरुजोरायल गाउँपालिका– १ गैराभन्दा अगाडि पहिरो जाँदा सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो ।
मंगलबार बिहान ११ बजेतिर सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनाैँ सवारीसाधन बीचबाटोमै रोकिएको प्रहरीले जनाएको छ ।
भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको प्रमुख राजमार्ग हो । अहिले सडक खुलाउने तयारी भइरहेको गैरा प्रहरी चौकीले जनाएको छ ।