नक्कली पास प्रयोग गरी सवारीसाधन चलाउने दुई पक्राउ

सोमबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण

निषेधाज्ञामा नक्कली सवारी पास प्रयोग गरी सवारीसाधन चलाउने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ मझुवागढी नगरपालिका– ११ का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । 

उनीहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले एकान्तकुनास्थित चक्रपथबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले नक्कली सवारी पास प्रयोग गरी मोटरसाइकल चलाउँदै आएका थिए । नियमित जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुझावित समाचार