जनमोर्चाका प्रदेश सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर, अन्तरिम आदेश खारेज

सोमबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरिदिएको छ । पार्टीको निर्णयविपरीत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले थापालाई पार्टी र सांसदबाट कारबाही गरेको थियो । 

यसअघि थापाको पक्षमा सर्वोच्चले गरेको अन्तरिम आदेश सोमबार खारेज भएको छ । अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालय, प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारी र राष्ट्रिय जनमोर्चाले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । पुनरावेदन निवेदनमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले  अन्तरिम आदेश खारेज गरेको हो ।

सुझावित समाचार