नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

शनिबार, २९ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार तीन सय ६६ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार तीन सय ८४ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार दुई सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पाँच लाख २७ हजार एक सय ११ जना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार