अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सदस्य वैद्यलाई कांग्रेसको दबाब

शनिबार, २९ जेठ, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सभामा विवादास्पद अभिव्यक्ति दिएका प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसले दबाब दिएको छ ।

शुक्रबारको प्रदेश सभामा वैद्यले  नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेजस्तै व्यक्ति आवश्यक परेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति चौतर्फी आलोचना सुरु भएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर वैद्यलाई आत्मालोचना गर्न आग्रह गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै  शर्माले आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग पार्टीको नीति र संस्कृतिलाई कुनै पनि सदस्यले बिर्सन नमिल्ने बताए ।

शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुने भन्दै उनले संसदीय मर्यादमा यसको पालना अझ महत्वपूर्ण हुने बताए । 

सुझावित समाचार