आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न गण्डकी प्रदेश प्रमुखले दिइन् २४ घन्टाकाे समय

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएसगै नयाँ सरकार गठन प्रकृया सुरु भएको छ । प्रदेश सभामा ठुलो दलको नेताको हैसियतमा २९ बैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव गरेका थिए । विश्वासको मत लिन असफल भएसगै उनी स्वतः पदमुक्त भएका थिए । शुक्रवार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेकी हुन । 

पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्हरुलाई आव्हान गरेकी हुन । १६८ (५) अनुसार कसैले बहुमत हासिल गर्न नसके प्रदेश सभा विघटन गरि ६ महिनाभित्र अर्को निर्वाचन हुने कानुनी व्यवस्था रहेको छ ।

कांग्रेस संसदीय दलका नेता पोखरेल नयाँ मुख्यमन्त्री हुने निश्चित            
  नयाँ मुख्यमन्त्रीको लागि आव्हान भएसगै काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नयाँ मुख्यमन्त्री हुने निश्चित जस्तै छ । उनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच मध्ये चार दल र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन । जस्का लागि सांसदहरुको हस्ताक्षर समेत संकलन भइसकेको बताइएको छ ।

६० सदस्य प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । उनीहरुमध्ये कांग्रेस, माओवादी, जनमोर्चाका ३ मध्ये २, जसपाका २ र  १ स्वतन्त्र गरि ३१ सांसदको सर्मथनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।

भोली दाबी पेश गर्ने

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि एक दिनभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेपछि भोली शनिबार दलहरुले दाबी पेश गर्ने तयारी गरेका छन् ।  कांग्रेस संसदस्य दलका उपनेता मेखलाल श्रेष्ठले मुख्यमन्त्रीको लागि आवश्यक सांसदको हस्ताक्षर  भइसकेको बताए । बल्ल प्रदेश प्रमुखले आव्हान गर्नु भएको छ । अब हामी चार दलले छलफल गर्ने र भोली शनिबार १० बजे निवेदन लिएर जाने जानकारी दिए ।

सुझावित समाचार