६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन महानगरले तोक्यो केन्द्र

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण
६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन महानगरले तोक्यो केन्द्र

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप लगाउन ३२ वटै वडामा केन्द्र तोकेको छ । ती केन्द्रहरूमा मंगलबार ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदै छ । 

यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । महानगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै २५ जेठमा ६४, २६ जेठमा ६३, २७ जेठमा ६२, २८ जेठमा ६१ र २९ जेठमा ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

यसअघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २२ वैशाखको र जिल्ला विपत् व्यवस्थापन केन्द्रको २५ वैशाखको निर्णयअनुसार महानगरपालिकासहित काठमाडौं जिल्लामा २ जेठबाट कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाखजनाले लगाएका थिए भने मन्त्रालयको १८ जेठको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

यी हुन् खोप केन्द्र

वडा       खोप केन्द्रको नाम
१.    नन्दी रात्रि स्कुल, नक्साल
२.    वडा कार्यालय, लाजिम्पाट
३.    वडा कार्यालय, महाराजगन्ज कान्ति सांस्कृतिक केन्द्र
४.    वडा कार्यालय, बालुवाटार
५.    वडा कार्यालय, हाँडीगाउँ
६.    महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७.    वडा कार्यालय, मित्रपार्क, चाबहिल
८.    गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९.    अनुपम फुडल्यान्ड, बत्तीस पुतली 
१०.    म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११.    विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२.    बुद्ध माई अस्पताल, टेकु
१३.    जनप्रभात माध्यमिक विद्यालय, कालिमाटी
१४.    वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५.    भुइँखेल चौर, स्वयम्भु 
१६.    बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७.    पब्लिक युथ क्याम्पस, धोवी चौर
१८.    पुष्पलाल पार्क, विष्णुमती किनार 
१९.    वडा १९ कार्यालय परिसर, 
२०.    शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१.    सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल 
२२.     वडा कार्यालय, टेवहाल
२३.     नवआदर्श विद्यालय, वसन्तपुर 
२४.    इतुमबहाल, तारणीबहाल
२५.     कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६.     वडा कार्यालय परिसर, लैनचौर
२७.     महाबौद्ध चोक
२८.     कार्यालय परिसर, सिटी मार्केट 
२९.     विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०.     सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक 
३१.     इपियस स्कुल, मीनभवन 
३२.     वडा कार्यालय परिसर, पाल्पाकोट 

See More On

सुझावित समाचार