ओलीले हाम्रा मुद्दा सम्बोधन गरेपछि सरकारमा आयौँ : शरतसिंह भण्डारी (भिडियोसहित)

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीले जसपाको माग सम्बोधन गरेकाले सरकारमा सहभागी भएको बताएका छन् । उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न लाग्ने बताए । 

आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै भण्डारीले भने, ‘जसपा र नेकपा (एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्रशक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौँ भनेका थियौँ । आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम–कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
 

सुझावित समाचार