जनमोर्चाका थापालाई प्रदेश सांसदको हैसियतमा कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले पदमुक्त भएका जनमोर्चाका सांसद कृष्ण थापालाई प्रदेश सभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश दिएको हो । पार्टी निर्णयविपरीत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहयोग पुग्ने गरी गतिविधि गरेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको थियो ।

सुझावित समाचार