नेपालमा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार सात सय ९९ पुगेको बताए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पाँच हजार ४२ जना संक्रमित थपिएका छन् । यो अवधिमा आठ हजार दुई सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।