उपत्यकामा निषेधाज्ञा ३१ गतेसम्म थपियो, किराना पसल र वर्कसप खोल्ने निर्णय (भिडियोसहित)

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । तीनै जिल्लाका प्रशासन कार्यालयले थप सेवा खुलाएर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

एक साताअघि खाद्यान्न पसलसमेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ। बिहान नौ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर खुल्नेछन् । सवारीसाधन मर्मत गर्ने वर्कसपसमेत खोल्न दिने निर्णय भएको छ । 

सुझावित समाचार