चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रण हुन सकेन

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगको नेपाल आइस बियर प्लान्टमा बुधबार बिहान लागेको आगो अहिलेसम्म नियन्त्रत्रणमा आउन सकेको छैन । 

बिहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बियरको गोदाममा बढी क्षति भएको छ । आगलागीबाट करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तथापि आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।

आगो नियन्त्रणको प्रयास भइरहेको छ । पाँचवटा दमकल, डेढ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरूबाट आगो नियन्त्रणको  प्रयास भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ । 

सुझावित समाचार