जसपा विवाद : उपेन्द्र यादव पक्षद्वारा महन्त ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गरेका छन् ।

बहुमत कार्यकारिणी सदस्यहरूको सोमबार बसेको बैठकले ठाकुरसहित  राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गरी चार नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् । 

See More On

सुझावित समाचार