नेपालमा कोरोना : थप ६ हजार ४९१ संक्रमणमुक्त, ११४ को मृत्यु

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप ६ हजार चार सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । 

पछिल्लो २४ घन्टामा एक सय १४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या सात हजार तीन सय ८६ पुगेको छ । 

पछिल्लो २४ घन्टामा १५ हजार ५५ पिसिआर र दुई हजार चार सय २५ एन्टिजेन परीक्षणमा चार हजार सात सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हाल देशभर एक लाख ६ हजार चार सय ७० जना सक्रिय संक्रमित छन् ।

सुझावित समाचार