लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाए ।  

कांग्रेस उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जसपाको भट्टराई–यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा सोमबार उपनिर्वाचन भएको हो । पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेश सभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए ।

सुझावित समाचार