बजेटबारे धारणा सार्वजनिक गर्न कांग्रेसले बोलायो पत्रकार सम्मेलन

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९ को आय–व्ययको विवरणमाथि धारणा सार्वजनिक गर्न सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ ।

दिउँसो २ बजे सिंहदबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । सरकारले शनिबार आगामी वर्षका लागि १६ खर्बको बजेट प्रस्तुत गरेको थियो । कांग्रेसका नेताहरूले कामचलाउ सरकारले पूर्ण ल्याएको भन्दै त्यसको विरोध गर्दै आएका छन् । 

सुझावित समाचार