हलुका सवारीसाधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापन गरिने

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले पेट्राेलियम पदार्थले चल्ने हलुका सवारीसाधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापन गर्ने घोषणा गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  त्यसका लागि विज्ञहरूको कार्यदल गठन गरिने बताए । कार्यदलले रणनीति तय गर्नेछ । 

साथै, आवश्यक छुट दिने कार्यक्रम तय गरिनेछ । त्यस्तै, पेटोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा परिवर्तन गर्न चाहेमा पाँच वर्षसम्म नवीकरण र सडक मर्मत शुल्क छुट दिने व्यवस्था बजेटमा गरिएको छ ।

सुझावित समाचार