वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा दुई वर्षका लागि ८० हजारसम्म कर्जा सुविधा

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।  

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरतलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा दुई वर्षका लागि ८० हजारसम्म कर्जा सुविधा  दिइने घोषणा गरेका हुन्  ।

१६ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निः शुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरे ।

सुझावित समाचार