केपी ओलीको उपादेयता सकिएर नयाँ खिलराजहरूको अभ्यास हुन सक्छ : घनश्याम भुसाल

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीको उपादेयता सकिएर नयाँ खिलराजहरूको अभ्यास हुन सक्ने बताएका छन् ।  गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेता भुसालले दलाल पुँजीवादले संविधानमाथि आक्रमण गरिरहनेछ भन्दै उनले  केपी ओलीको उपादेयता सकिएर नयाँ खिलराजहरूको अभ्यास हुने बताए ।भुसालले फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने शंका व्यक्त गरेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विरोधप्रति लक्षित गर्दै भुसालले सांसदको हिसाबले हेर्दा आफूबाट संसदीय मर्यादा उल्लंघन भएको स्पष्टीकरण  दिएका छन् । 

उनले भने, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर, हाम्रो संविधान र राजनीतिका लागि म उल्लंघनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

सुझावित समाचार