प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बहस सकियो

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध परेका रिटमाथि बहस शुक्रबारका लागि सकिएको छ । आज एक दर्जन भन्दा अधिवक्ताले बहस गरेका छन्  । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले बाँकी बहस आइतबारको इजलासमा हुने जानकारी दिए । 

विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा  प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहभागी थिए ।  

सुझावित समाचार