नेपालमा एकै दिन सात हजार २२६ कोरोना संक्रमणमुक्त, १०६ को मृत्यु

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ६ हजार नौ सय ३९ संक्रमित थपिँदा सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । 

हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । जसमध्ये एक लाख १६ हजार चार सय ७६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक सय ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नौ सय ५१ पुगेको छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार