राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज छ : वरिष्ठ अधिवक्ता थापा

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद् र कानुनविद्हरूसँग गरेको छलफलमा थापाले संविधान कसैले पनि मार्न नसक्ने बताए ।

छलफलमा थापाले भनेका थिए, ‘घरमा, किचेनमा राष्ट्रपति र प्रधानमन्त्री बसेर हिसाब गरेर उहाँहरूले अंकगणित मिलाएर खेल खेल्नुभएको छ, यो निर्लज्ज छ । अत्यन्तै लज्जास्पद छ ।’

सभामुखले कानुन र संविधानअनुसारको कदम चाल्न तयार छु भनेर तयार भएर बस्नुपर्ने पनि थापाको भनाइ थियो ।

सुझावित समाचार